Welcome to Everything 4 U
Posts

पशुपति सरसफाई अभियान सुरु







 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शनिबारदेखि पशुपति सरसफाई अभियान सुरु गर्ने भएको छ । मन्त्रालय मातहतका सबै निकायका कर्मचारीको सहभागितामा प्रत्येक शनिबार पशुपति क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरिने भएको छ ।


यस अभियानमा कर्मचारी, संस्कृतिप्रेमी, कार्यकर्ता, नागरिक समाज, सञ्चारकर्मीलगायत आम नागरिकलाई पनि सहभागी हुन मन्त्रालयले अपिल गरेको छ । शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सरसफाइ अभियान सञ्चालन गरिने मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिए ।

Post a Comment