आगामी चैत १ गते हुन लागेको देशको नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा उम्मेदवारी दर्ता हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए ।
राष्ट्रपति जस्तै उपराष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा) र प्रदेश सभाका सदस्यहरू मिलेर बनेको निर्वाचक मण्डलबाट हुन्छ।
संघीय संसदका ३ सय ३२ र प्रदेश सभाका ५ सय ५० गरी कुल मतदाता संख्या ८ सय ८२ छ । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको ४८ रहेको छ ।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा जातीय समूहको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खस आर्य समूहको तर्फबाट अध्यक्षमा निर्वाचित भएपछि अब उपसभापति फरक लिंग वा जातीय समूहको हुनुपर्नेछ ।